सुदूरपश्चिम प्रदेश : जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश : जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।  

मन्त्रिपरिषद् विस्तारपछि पहिलो पटक बसेको बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ। 

यस्तै, बैठकले डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटको उपचारका लागि दुई लाख रुपैयाँ दिने र कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको प्रवक्ता समेत रहेकी कानुनमन्त्री जोशीले जानकारी दिइन्।

जेठ १९, २०७८ बुधबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।