घाँस काट्न जंगल गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ की ६८ वर्षीया नन्दकला थापाको मृत्यु भएको नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले जानकारी दिए।
‘ती महिला घाँस काट्न जंगल गएकी थिइन्। त्यति बेला उनीमाथि बाघले आक्रमण गर्याे। र, उनको मृत्यु भयो,’ उनले भने, ‘घटना भएको क्षेत्र अन्तर्राष्ट्रिय जैविक क्षेत्र भएकाले त्यहाँ बाघले ओहोरदोहोर गर्ने गरेको छ।’
महिलामाथि बाघले आक्रमण गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीसहितको टोलीले महिलाको खोजी गरेको थियो।
खोजीका क्रममा साँझ ७ बजे नेपाल भारत सीमा नजिकैको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ।
पछिल्लो समय बाघले मान्छेमाथि आक्रमण गर्ने गरेको भन्दै उनले यसको रोकथाम र नियन्त्रणका लागि सम्बन्धित निकायसँग मागसमेत गरे।
जेठ १७, २०७८ सोमबार २१:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।