कैलालीमा थप ३८ जनामा कोरोना संक्रमण, ६ जना निको भए

कैलालीमा थप ३८ जनामा कोरोना संक्रमण, ६ जना निको भए

पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ८१ स्वाब परीक्षण गर्दा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यस्तै, २ सय ४३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। उक्त अवधिमा १० जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। 

अस्पतालमा ५१ जना संक्रमित उपचाररत रहेको उनले बताए। 

जेठ १७, २०७८ सोमबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।