बैतडीमा जिप दुर्घटना, ३ जना घाइते

धनगढी : बैतडीमा जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
धनगढीबाट बझाङ गइरहेकाे से १ ज ७२६ नम्बरको जिप आज बिहान साढे ५ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८, विन्द्रावनमा दुर्घटना हुँदा बझाङको केदारस्यु गाउँपालिका-३ का १९ वर्षीय सुनिल खाती, केदारस्यु गाउँपालिका-२ का २५ वर्षीय भानुभक्त रावल र जिप चालक वित्थडचिर गाउँपालिका-४ का २३ वर्षीय चन्द्र अधिकारी घाइते भएका छन्।
घाइतेमध्ये जिप चालकको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
घाइतेको बैतडीको खोड्पेस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेलधुरा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन।
जेठ १७, २०७८ सोमबार १२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।