बाग्मती प्रदेशसभाको बैठक स्थगित, अर्काे बैठक भोलि बस्ने

काठमाडौं : बाग्मती प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गतको पहिलो बैठक स्थगित भएको छ। अर्काे बैठक भोलि बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएकाे छ।
आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे प्रदेश प्रमुखको पत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाएका थिए। त्यसपछि गत वैशाखमा निधन भएका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको स्मरणमा मौनधारण गरिएको थियो।
प्रदेशसभाको आठौं अधिवेशन आजै सुरु भएको थियो।
जेठ १६, २०७८ आइतबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।