विद्धुतिय गाडीको नीति सच्याए पौडेलले

विद्धुतिय गाडीको नीति सच्याए पौडेलले

काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेलले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्नु पर्ने नीति ल्याएका छन्। प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटमा ५ वर्षभित्र रूपान्तरण गरे सेवा शुल्क लगायतका सेवा नलिने उल्लेख छ।

यसबाट सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिएको छ। विद्युतीय गाडीमा कर छुट दिने व्यवस्था गरेर उनले एमालेकै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको नीति संशोधन गरेका छन्। खतिवडाले विद्युतीय गाडीमा कर बढाएका थिए । 

उनले अध्यादेशबाट बजेट सार्वजनिक गर्दै विद्युतीय गाडीलाई प्रोत्साहन गर्न थप कार्यक्रम घोषणा गर्न तयार रहेको बताए। 

जेठ १५, २०७८ शनिबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।