रासायनिक मल कारखाना खोल्न बजेट विनियाेजन

काठमाडौं : सरकारले आगामी तीन वर्षमा रासायनिक मल कारखाना खोल्न बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष ०७८/०७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेल यस्तो बताएका हुन्। तर, उनले कारखाना खाेल्न छुट्याइएकाे बजेटबारे केही बताएनन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलबाट अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्।
प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो।
जेठ १५, २०७८ शनिबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।