वृद्ध भत्ता ४ हजार पुग्यो

काठमाडौँ : सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ता एक हजार रुपैयाँ बढाएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौड्यालले अध्यादेश मार्फत पेस गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट भाषणमा वृद्ध भत्ता बढेको घोषणा गरेका हुन्।
अब ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउने छन्। यसअघि तीन हजार रुपैयाँ पाउँदै आएका थिए। नेपालमा वृद्ध भत्ता तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सुरु गरेका थिए। उनले एक सयबाट सुरु गरेका थिए। प्रधानमन्त्री केपी ओलीले पाँच हजार पुर्याउने दाबी गर्दै आएका थिए।
जेठ १५, २०७८ शनिबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।