यस्ता छन्  बजेटको प्राथमिकता 

यस्ता छन्  बजेटको प्राथमिकता 

काठमाडौँ :  यस वर्षको बजेटको प्रथमिकता कोरोना महामारी नियन्त्रण रहेको अर्थमन्त्री विष्णु प्रसाद पौड्यालले बताए। उनले अध्यादेश मार्फत पेस गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट भाषणमा बजेटको पहिलो प्रथमिकता  कोभिड १९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने भएको बताए।

बजेटको दोस्रो प्राथमिकतामा अर्थतन्त्रको शीघ्र पुनरुत्थान  गर्न आर्थिक गतिविधि एवम् विकास निर्माणका कार्यक्रमलाई तीव्रता दिने छ। यस्तै तेस्रो प्राथमिकतामा राज्यको लोक कल्याणकारी भूमिकालाई सुदृढ बनाउने, सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने र सामाजिक न्याय सहित को संवृद्धि हासिल गर्ने उनले उल्लेख गरे।

बजेटको चौथो प्राथमिकतामा सार्वजनिक निजी र सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाई उत्पादन क्षेत्रमा परिचालन गर्दै उत्थानशील अर्थतन्त्र निमार्ण गर्ने भएको अर्थमन्त्री विष्णु प्रसाद पौड्यालले जनाए। 

जेठ १५, २०७८ शनिबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।