बजेटको पहिलो प्राथमिकता कोरोना नियन्त्रण

बजेटको पहिलो प्राथमिकता कोरोना नियन्त्रण

काठमाडौँ : अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को आय व्यय विवरण बजेट भाषण सुरु गरेका छन्।  संविधानको व्यवस्था अनुसार जेठ १५ मै बजेट ल्याउनु पर्ने भन्दै अर्थमन्त्री पौडेलले बजेट भाषण सुरु गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत  गरिरहेका छन्। कोरोना महामारीबाट नागरिकको जीवन बचाउने बजेटको पहिलो प्राथमिकता रहेको अर्थमन्त्री पौडेलले बताए। 

पूर्व अर्थमन्त्रीहरु र विज्ञले पूर्ण वजेट नल्याउन सुझाव दिए पनि प्रतिनिधिसभा विघटन गरेको सरकारले अध्यादेशबाट पूर्ण आकारकै बजेट ल्याएको छ। 

जेठ १५, २०७८ शनिबार १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।