कैलालीमा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा 

कैलालीमा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा 

धनगढी : कैलालीमा एक साता निषेधाज्ञा थपिएको छ। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को सिफारिसमा प्रशासन कार्यालयले जेठ २० गतेसम्मका लागि निषेधाज्ञा बढाइएको हो। 

कोरोना भाइरस (कोभिड १९) संक्रमण र मृत्यु दर निरन्तर बढिरहेकाले निषेधाज्ञा एक साता थप गरिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

कैलालीमा वैशाख १६ गते एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो। 

त्यसपछि वैशाख २३ गतेदेखि मसान्तसम्म, जेठ १ गतेदेखि जेठ ६ गतेसम्म र जेठ ७ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा थपिएको प्रशासन कार्यालयले जनाएको छ। 
 

जेठ १२, २०७८ बुधबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।