एमालेले सुदूरपश्चिम सरकारको समर्थन फिर्ता नलिने

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। कोरोना बढ्दै गइरहेको अवस्थामा तत्काल समर्थन फिर्ता नलिने निर्णय भएको प्रदेश सांसद अमर साउदले बताए।
अहिले यथास्थितिमै अगाडि बढेर कोरोना व्यवस्थापन गर्ने निर्णय गरेका छौँ,साउदले भने, 'स्थिति अनुकूल भएपछि आफ्नै नेतृत्वमा सरकार बनाउन दलहरूसँग छलफल गर्ने कुरा भएको छ।'
सुदूरपश्चिममा एमाले संसदीय दलको बैठकमा सभामुख बाहेकका २१ सांसद सहभागी थिए। बैठकमा केपी ओली पक्षका ३ सांसद उपस्थित भएका छन्। दलमा एमाले माधवकुमार नेपाल पक्षको बहुमत छ। एमालेका २५ प्रदेश सांसद मध्ये १८ जना नेपाल पक्षका छन्।
जेठ १२, २०७८ बुधबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।