पाल्पामा एकै दिन ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि 

पाल्पामा एकै दिन ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि 

रम्भा गाउँपालिका–३, पिपल डाँडाका ७८ वर्षीय पुरुष र रामपुर नगरपालिका–१० गेझाका ५७ वर्षीय पुरुषको आज मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो भने अर्का पुरुषलाई मिसन अस्पतालले उपचारपछि घरमा पठाएको थियो।

यस्तै पाल्पामा एकै दिन ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमबार कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भए देखिकै सबै भन्दा बढी सङ्क्रमित भेटिएका हुन। जिल्लामा ९७ जनामा परीक्षण गर्दा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले जानकारी दिए।

सङ्क्रमित हुनेहरूमा तानसेनका ४८ जना, निस्दी, तिनाउ र रामपुरका २/२ जना, बगनासकाली र पूर्बखोलाका ५/५ जना, रैनादेबी छहरा र रम्भाका १/१ जना, रिब्दीकोटका ४ जना र माथागढीका ३ जना रहेका छन्। 

यो सँगै जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ८४ पुगेको छ भने कोरोना सङ्क्रमणकै कारण ४२ जनाको मृत्यु भएको छ।

वैशाख २०, २०७८ सोमबार १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।