सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

काठमाडौँ : सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तोलामा ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै तेजाबी सुनको भाउ तोलाको ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
वैशाख २०, २०७८ सोमबार १२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।