निषेधाज्ञाबीच कैलालीका नापी प्रमुखले कार्यालय परिसरमै गरे बहिनीको विवाह

नापी प्रमुख धामीले भने जिल्ला प्रशासन कार्यालय, कैलालीको अनुमति लिएर विवाह गरेको दाबी गरेका छन्। ‘मेरो आफ्नो घर यहाँ छैन। यहीँ बस्छु त्यसैले यहीबाट बहिनीको बिहे गरेको हुँ,’ उनले भने।
तर, प्रशासन कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले विवाहका लागि प्रशासनमा लिखित सूचना नआएको बताएका छन्।
‘मैले विवाहका लागि निर्देशन पनि दिएको छैन,’ रिजालले भने, ‘कार्यालयका हाकिमको आफ्नै घर नभएकाले बहिनीको विवाहका लागि सरकारी कार्यालय प्रयोग गरेको भन्ने सुनेको छु। हामी स्पष्टीकरण सोध्छौं।’
कोरोना भाइरस (कोभिड १९) संक्रमण बढेको भन्दै त्यसको रोकथाम र नियन्त्रणका लागि कैलालीमा हिजोदेखि निषेधाज्ञा लगाइएको छ।
वैशाख १७, २०७८ शुक्रबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।