सुर्खेतमा निषेधाज्ञा उल्लंघन गर्ने एक हजारभन्दा बढी कारबाहीमा

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार बिहीबारसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९० जना कारबाहीमा परेका हुन्। तीमध्ये १ हजार १५ जनालाई होल्डमा राखेर सम्झाइबुझाइ गरी छोडिएको प्रहरीले जनाएको छ। ८ जना भने प्रहरीको नियन्त्रणमा छन्।
यस्तै, निषेधाज्ञाको अवज्ञा गरी चलाएका १९ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी, मास्क नलगाई हिँडेका ४ सय ६५ जनालाई मास्क दिएर सम्झाइबुझाइ गरी पठाइएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए।
कोरोना भाइरस (कोभिड १९) संक्रमण बढेको भन्दै सुर्खेतमा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ।
वैशाख १७, २०७८ शुक्रबार ०८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।