जनता समाजवादीका चार सांसदको पद गयो

पार्टीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव लैजान गरेको निर्णयमा हस्ताक्षर गरे पनि पछि मन्त्री नियुक्तहुँदै शपथ खाएपछि पार्टीले सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई निष्कासन गरेको हो।
बिहीबार प्रकाशित सूचनामा ‘जसपाको केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दल सम्बन्धी ऐन अनुसार उनीहरूलाई प्रदेश सभा सदस्य र पार्टी सदस्य पदबाट निष्कासन गरेको पत्र प्राप्त भएको’ उल्लेख गर्दै उनीहरूलाई प्रदेश सभा र पार्टी सदस्यबाट निष्कासन गरिएको उल्लेख छ।’
विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको तर्फबाट ४१ जनाले हस्ताक्षर गर्दै पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि सो प्रस्तावमा हस्ताक्षर गरेका तीन जना जसपाका सांसदहरू बेलुका मन्त्री बनेका थिए। पार्टीले उनीहरूलाई स्पष्टीकरण समेत सोधेको थियो।
वैशाख १६, २०७८ बिहीबार १८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।