निषेधाज्ञापछिको सुनसान काठमाडौं [फोटो फिचर]
![निषेधाज्ञापछिको सुनसान काठमाडौं [फोटो फिचर]](https://www.ukeraa.com/images/news/16196764351619676435.jpg )
काठमाडौं : सरकारले जारी गरेको निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका सडक सुनसान भएका छन्।
अत्यावश्यक सेवा बाहेकका निजी तथा सार्वजनिक गाडी चलेका छैनन्। काम विशेष बाहेक पैदल यात्रु पनि घर बाहिर निस्केको देखिँदैन।
सरकारले सहरी क्षेत्रमा ५ सय र पहाडी क्षेत्रमा २ सय सङ्क्रमित देखिए निषेधाज्ञा जारी गर्न स्थानीय प्रशासनलाई भनिसकेको छ।
सरकारको निर्देशन अनुसार काठमाडौँ, भक्तपुर, ललितपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी भएको छ।
बिहान १० बजेसम्म खुलेका खाद्यान्न लगायतका किराना पसल अहिले बन्द भएका छन्। औषधि पसल भने खुलेका छन्।
वैशाख १६, २०७८ बिहीबार ११:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।