बागमती प्रदेशमा नियुक्त हुने मन्त्रीको शपथ ४ बजे

हेटौडा : बागमती प्रदेश सरकारले मन्त्रीपरिषद् विस्तार गर्ने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले आन्तरिक मामिला तथा कानुन मन्त्री, सामाजिक विकास मन्त्री र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेर मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन्।
आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले गत पुस १० गते राजीनामा दिएका थिए।
पौडेलले ३ जना मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गर्न लागेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ दिउँसो ४ बजे हुनेभएपनि नाम भने नआएको प्रवक्ता इन्दिरा पौडेलले जानकारी दिइन।
वैशाख १५, २०७८ बुधबार १३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।