सुदूरपश्चिममा थप १९७ जनामा कोरोना संक्रमण

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सय ७० जनाको परीक्षणमा १ सय ९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। तीमध्ये कैलालीका १ सय ४९ जना छन्।
कैलालीमा सबैभन्दा बढी संक्रमित धनगढी उपमहानगरपालिकाका छन्। उपमहानगरका १ सय २७ जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
वैशाख १४, २०७८ मंगलबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।