प्रदेश २ का तीन जना कर्मचारीमा कोरोना पुष्टि, प्रदेश सभाको बैठक स्थगित

सचिवालयले सूचना निकालेर आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक अर्को सूचना नहुन्जेलसम्म स्थगित गरेको हो। ‘सचिवालयका तीन जना कर्मचारीमा कोरोना पुष्टि भएको छ,’ यादवले भने,‘बाँकी कर्मचारीहरूले हिजो स्वाब दिएका छन्।’
उनले अवस्था हेरेर बैठक बस्ने नबस्ने टुङ्गो लाग्ने बताए। प्रदेश सभाको वैशाख १० गते बसेको बैठकमा प्रदेशको नाम र स्थायी राजधानीको प्रस्तावमाथि छलफल भएको थियो।
वैशाख १४, २०७८ मंगलबार ०९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।