रूपन्देहीको प्यारामान्ट स्कुलकी छात्राको मृत्यु

रूपन्देहीको प्यारामान्ट स्कुलकी छात्राको मृत्यु

बुटवल : रूपन्देहीको तिलोत्तमा १, नयाँ मिलस्थित प्यारामान्ट बोर्डिङ हाई स्कुलमा अध्ययनरत छात्राको मृत्यु भएको छ। 

उक्त स्कुलमा कक्षा १० मा अध्ययनरत प्रतिभा सापकोटाको मृत्यु भएको विद्यालयका सहप्राचार्य लीलाधर किराँतले जानकारी दिए।  

स्कुलको होस्टेलमा बस्दै आएकी सापकोटालाई परिवारले उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी आएको सहप्राचार्य किराँतले जानकारी दिए। ‘ती छात्राले छाति दुख्ने समस्या आएको बताएपछि उनका दाजुलाई बोलाएर घर पठाइएको थियो। त्यसपछि उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जानकारी आयो,’ उनले भने।  रू

अस्पताल पुर्याउँदा ती छात्राको मृत्यु भइसकेको क्रिमसन अस्पतालले जनाएको छ। मृत्युको कारणबारे नखुलेको अस्पताल प्रशासनले बताएको छ।

स्कुलको होस्टेलमा ५० जनाभन्दा बढी विद्यार्थी बस्दै आएको सहप्राचार्य किराँतले बताए।  

विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरिरहेको छ। 

वैशाख ११, २०७८ शनिबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।