सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाडौँ : सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ। हिजो ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँले घटेको हो।
सुनको भाउ आज तोलाको ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुनको भाउ तोलाको ९१ हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै चाँदी तोलाको १३२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
वैशाख १०, २०७८ शुक्रबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।