त्रिदेशीय टि–ट्वान्टी क्रिकेट : नेपाल र नेदरल्यान्ड्स फाइनलमा 

त्रिदेशीय टि–ट्वान्टी क्रिकेट : नेपाल र नेदरल्यान्ड्स फाइनलमा 
फाइल तस्बिर।

काठमाडौं : नेपाल र नेदरल्यान्ड्स त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखलाको फाइनलमा पुगेका छन्। 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलेपछि अंकतालिकामा शीर्ष दुई स्थानमा रहँदै नेपाल र नेदरल्यान्ड्स प्रतियोगिताको फाइनलमा पुगेका हुन्। 

फाइनल पुगेका दुवै टोलीले आगामी शनिबार उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन्। 

अंकतालिकामा शीर्ष स्थानको नेदरल्यान्ड्सले ४ खेलबाट ५ अंक बटुलेको छ। उसले २ खेलमा जित, १ मा हार र १ मा बराबरी खेलेको छ। 

नेदरल्यान्ड्सभन्दा १ खेल कम खेलेको नेपालको ४ अंक छ। उसले २ खेलमा जित हात पार्दा १ खेलमा पराजय भोगेको छ। 

समान खेल खेलेको मलेसियाको भने १ अंक मात्रै छ। उसले २ खेलमा हारको सामना गर्दा १ मा बराबरी खेलेको छ। 

नेपाल र मलेसियाले लिग चरणको अन्तिम खेल भोलि खेल्दै छन्। 

वर्षाले प्रभावित खेलमा मलेसियाले मलेसियाले जितका लागि पाएको ९२ रनको लक्ष्यमा ९१ रन मात्रै बनाउन सकेपछि खेल बराबरी भएको हो। 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको नेदरल्यान्ड्सले १३ ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। 

वर्षापछि पुनः सुरु भएको खेलमा मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो।  
 

वैशाख ८, २०७८ बुधबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।