नेप्सेमा ३२ अंकको गिरावट

नेप्सेमा ३२ अंकको गिरावट

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार आज ३२ अंकले घटेको छ। नेप्से ३२ दशमलव ४१ अंकले घटेको हो। 

आज २१४ कम्पनीका १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ। आज कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ। 

नेप्से हिजो २ दशमलव ६८ अंकले बढेको थियो। कारोबार ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार रुपैयाँको भएको थियो। 

वैशाख ८, २०७८ बुधबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।