सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ 

सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ 

काठमाडौँ : सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको छ।

हिजो ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर ९२ हजार रुपैयाँ पुगेको छ। 

यस्तै तेजाबी सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

वैशाख ८, २०७८ बुधबार ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।