नेप्सेको प्रि ओपनिङ सेसन १० अंकले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार १० अंकले बढेको छ।
सुरुको १५ मिनेटको कारोबारमा नेप्से १० दशमलव २१ अंकले बढेको हो।
कारोबारमा आएका ४९ कम्पनीका २३ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा १ करोड ४७ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ।
नेप्से हिजो २ दशमलव ६८ अंकले बढेको थियो। कारोबार ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार रुपैयाँको भएको थियो।
१५ मिनेट खुलेर बन्द भएको नेप्सेको दोस्रो कारोबार सुरु भएको छ। सुरुको कारोबारमा आएका १३५ कम्पनीको सेयर किनबेच हुँदा नेप्से २ दशमलव २९ अंकले बढेको छ।
वैशाख ८, २०७८ बुधबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।