ओपो एफ ११ नेपाली बजारमा : ७२ मिनेटमै पुरै चार्ज

ओपो एफ ११ नेपाली बजारमा : ७२ मिनेटमै पुरै चार्ज

काठमाडौँ : ओपोले नेपालमा एफ १९ को बिक्री प्रारम्भ गरेको छ। कम्पनीका अनुसार एफ१९को डिजाइन विशेष गरी उच्च गुणस्तरीय स्मार्टफोनका साथै आकर्षक डिजाइन मन पराउने ‘ट्रेण्ड  सेटिङ’ पुस्तालाई ध्यानमा राखिएको बताएको छ।

एफ १९मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै आकर्षक डिजाइन रहेको कम्पनीको दाबी छ।

नयाँ मोडलको निर्माण गर्दा प्रयोगकर्ताले फोनको दैनिक प्रयोग गर्दा ब्याट्रीका कारण समस्या नपरोस् भनेर विशेष ध्यान दिइएको कम्पनिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘एफसिरिजको डिजाइन आफ्नो दैनिक आवश्यकता पुरा गर्न नयाँ प्रविधि सहितको ट्रेण्डी स्मार्टफोन चाहने उपभोक्ताका लागि गरिएको हो,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने‘कुनै बाधाविना दिनभर फोनको प्रयोग गर्न सकियोस् भनेर यसमा ३३ वाट फ्ल्यास चार्ज सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।’

यो फोनमा उपभोक्ताको आँखालाई नकारात्मक किरणबाट जोगाउने प्रविधिसँगै एमोलेड एफएचडी+ पञ्चहोल डिस्प्ले सहितको सुविधा रहेको कम्पनीको दाबी छ। 

७२ मिनेटमै पुरै चार्ज

फोनमा लामो समयसम्म चलाउँदा पनि समस्या नआउने प्रोसेसरको प्रयोग गरिएको छ। एफ १९ मा स्मुथ परफरमेन्स सुनिश्चित गर्दै क्वालक्वाल स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको कम्पनीको दाबी छ। 

फोनमा ६ जीबी र्याम र १२८ जीबी रोमको व्यवस्था छ। फोनमा ५ हजार एमएएच ब्याट्रीका साथै फास्ट चार्ज प्रविधि समेत राखिएको छ। चार्जिङका लागिलाग्ने समय घटाउन फोनमा ११ भीथ्रीए सोल्यूशनका साथ ७२ मिनेट मै पूर्ण चार्ज हुने प्रविधि जडान भएको कम्पनीको दाबी छ।

यसका लागि ३३ वाट फ्ल्यास चार्ज प्रविधि राखिएको र समय कम भएको अवस्थामा ५ मिनेटको चार्जबाटै प्रयोगकर्ताले ५ घण्टा कल गर्न सक्ने कम्पनीले दाबी गरेको छ।

उत्कृष्ट शट्स

फोटोग्राफी तथा भिडियोग्राफीमा रुचि हुनेहरूका लागि फोनमा ४८ एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामेरा जडान गरिएको छ। मेन क्यामेराका साथै फोनमा २ एमपी डेप्थ क्यामेरा र २ एमपीम्याक्रो क्यामेरा समेत जडान गरिएको छ।

पोट्रेट, दैनिक जीवन, टेक्स्चर लगायतका गतिविधि कैद गर्न १५ आकर्षक फिल्टर्सको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ। ओपो एफ१९मा भिडियो खिच्न र सम्पादनका लागि  विभिन्न फिचर्स समेत राखिएको छ। 

यसमा रहेको थ्रिडी कर्भ्ड ग्रिपले प्रयोगकर्तालाई फोन बोक्दा सहज हुने कम्पनीको दाबी छ।

यो फोनमा प्रयोगकर्ताका आँखाको सुरक्षाका लागि स्वचालित स्क्रिन ब्राइटनेश मिलाउने एआई स्मार्ट ब्याक लाइटको व्यवस्था रहेको कम्पनीले दाबी गरेको छ। 

फोनमा प्रयोग गरिएको कलरओएस ११.१ले प्रयोगकर्ताका व्यक्तिगत डाटा तथा गोपनीयताको सुरक्षाका लागि फोनमा एप लक, प्राइभेट सेफ लगायत फिचर्स समेत रहेको कम्पनीले जनाएको छ। 

बजारमा ओपो एफ १९ प्रिजम ब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई रङ्गमा आएको र ६ जीबी र्याम र १२८ जीबी सञ्चय क्षमता रहेको र यसको नेपाली बजारमा मूल्य ३४ हजार ५ सय ९० रहेको कम्पनिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

वैशाख ७, २०७८ मंगलबार १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।