मङ्गलवारको नेप्से : नागरिक लगानी कोषको कारोबार धेरै

काठमाडौँ : यो साताको प्रारम्भमा २ दिन लगातार घटेको नेप्सेमा मङ्गलवार सामान्य सुधार भयो। मङ्गलवार २.६८ ले बढेर २,६६४.६१ अंकमा नेप्से बन्द भएको छ।
आज प्रि– ओपन सेसनमा ११.३१ अङ्कले बढेर २६७३.२४ अं कमा बजार खुलेको थियो। मङ्गलवार १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६ सय ४० को कारोबार भएको थियो।
मङ्गलवार को नेप्सेमा बैङ्किङ, निर्जीव बिमा, म्युचुअल फन्ड, र लगानी उपसूचक बाहेकका सबै उपसूचक हरियो भएको थियो। बैकको उपसूचक ०.०७ प्रतिशतले सुधार भयो। यस्तै निर्जीव बिमा उपसूचक ०.१८ प्रतिशत, म्युचल फन्डमा ०.२९ प्रतिशत र लगानी उपसूचक १.०३ प्रतिशतले घट्यो।
आज सबै विकास बैक उपसूचक सर्वाधिक १.६८ प्रतिशतले बुद्धि भयो भने हाइड्रो पावर उपसूचक १.२४ ले वृद्धि भयो। मङ्गलवार सबै भन्दा धेरै कारोबार गर्नेमा नागरिक लगानी कोष रहेको छ।
वैशाख ७, २०७८ मंगलबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।