कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो २०७ रनको लक्ष्य

काठमाडौं : प्रारम्भिक ब्याट्सम्यान कुशल मल्ल र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेपछि नेपालले नेदरल्यान्ड्ससामु २ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएपछि नेदरल्यान्ड्सले जितका लागि २ सय ७ रनको लक्ष्य पाएको हो।
नेपालका लागि कुशलले सर्वाधिक ६२ रन जोड्दा दीपेन्द्रले ६० रन बनाए। यस्तै, सोमपाल कामी २१ रनमा अविजित रहँदा ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान दिए। विनोद भण्डारीले अविजित रहँदै ७ रन बनाए।
यसैगरी, करन केसी १ र आशिफ शेख ० रनमै पेवेलियन फर्किए।
बलिङमा नेदरल्यान्ड्सका पिटर सिलार, भिभिन किंगमाले समान २ विकेट लिँदा वास डे लिडे र आर्यन दत्तले १/१ विकेट लिए।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
दुवै टोलीले प्रतियोगितामा आ–आफ्नो तेस्रो खेल खेलिरहेका छन्।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई र दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो।
नेदरल्यान्ड्सले भने १ खेलमा जित र १ मा पराजय भोगेको छ। नेदरल्यान्ड्सले मलेसियासँग जित हासिल गर्दा नेपालसँग पराजित भएको थियो।
वैशाख ७, २०७८ मंगलबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।