त्रिदेशीय टि–ट्वान्टी क्रिकेट : कुशल बनाए लगातार तेस्रो अर्धशतक 

त्रिदेशीय टि–ट्वान्टी क्रिकेट : कुशल बनाए लगातार तेस्रो अर्धशतक 
फाइल तस्बिर।

काठमाडौं : त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखलामा नेपालका कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज (मंगलबार) जारी नेदरल्यान्ड्स विरुद्धको खेलमा उनले ६२ रन बनाउँदै प्रतियोगितामा लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन्। 

४६ बल खेलेका उनले ४१ बलमा अर्धशतक पूरा गरेका थिए। 

यसअघि उनले जारी प्रतियोगितामा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए। 

आजको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन्। उनले ३० बलमा ६० रनको पारी खेलेका छन्। 

वैशाख ७, २०७८ मंगलबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।