प्रि ओपनिङ सेसनमा बढेको नेप्से १४ अंकले घट्यो

प्रि ओपनिङ सेसनमा बढेको नेप्से १४ अंकले घट्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार ११ अंकले बढेको छ। सुरुको १५ मिनेटको कारोबारमा नेप्से ११.३१ अंकले बढेको हो। 

४१ कम्पनीका सेयर १६४ पटक किनबेच भएको एक्सचेन्जले जनाएको छ। १२ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ७३ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ। प्रि ओपनिङ सेसनमा बढेको नेप्से दोस्रो कारोबारको सुरुमै १४ अंकले घटेको छ। 

६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको कारोबार भएको सेयर बजार नेप्से हिजो ३७.५८ अंकले घटेको थियो। 

वैशाख ७, २०७८ मंगलबार ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।