लुम्बिनी प्रदेशमा अर्को ट्विस्ट : मन्त्री बनेका जसपाका चार सांसदलाई राजीनामाको २४ घण्टे अल्टिमेटम

लुम्बिनी प्रदेशमा अर्को ट्विस्ट : मन्त्री बनेका जसपाका चार सांसदलाई राजीनामाको २४ घण्टे अल्टिमेटम

बुटवल : दिउसो अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर मध्यान्ह मन्त्रीको शपथ लिएका चार सांसदलाई जनता समाजवादी पार्टीले निलम्बन गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ।

जसपाका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार मन्त्री बनेका चार सांसद  विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई तत्काल राजीनामा दिन र पार्टीको निर्णय विपरित मन्त्रीको शपथ लिएकोमा स्पष्टीकरण सोधिएको हो।

विज्ञप्तिमा ‘राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने’ चेतावनी दिइएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले सोमबार अविश्वास प्रस्ताव दर्ता गरेपछि हस्ताक्षर गर्ने जसपाका ५ मध्ये तीन जनाले मन्त्रीको शपथ र एक जनाले राज्यमन्त्रीको शपथ लिएका थिए। उनीहरूले पार्टीको निर्णय विपरित गएर मन्त्री पद स्वीकार गरेको जसपाको दाबी छ।

 

वैशाख ६, २०७८ सोमबार १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।