त्रिदेशीय टि–ट्वान्टी क्रिकेट : कुशलको लगातार दोस्रो अर्धशतक

काठमाडौं : त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखलामा नेपालका कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज (सोमबार) जारी मलेसियाविरुद्धको खेलमा कुशलले २६ बलमा अर्धशतक प्रहार गरेका हुन्।
यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए। उक्त खेलमा उनले ६२ रन बनाएका थिए।
जारी खेलको ७ ओभर सकिँदा नेपालले कुनै पनि विकेट नगुमाएर ८४ रन जोडेको छ, जसमा भुर्तेलले ५७ रन बनाएका छन् भने आशिफ शेख २७ रनमा खेलिरहेका छन्।
नेपाललाई जितका लागि ११ ओभरमा २६ रन आवश्यक छ।
वैशाख ६, २०७८ सोमबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।