लुम्बिनी प्रदेश : माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा 

लुम्बिनी प्रदेश : माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा 

बुटवल : नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले राजीनामा दिएका छन्।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज (सोमबार) संयुक्तरूपमा पदबाट राजीनामा दिएका हुन्। 

संयुक्त राजीनामा पत्रमा केसी र बरालले मुख्यमन्त्रीसँग हार्दिकताको सम्बन्ध भए पनि प्रधानमन्त्रीबाट कम्युनिस्ट आन्दोलन, एकीकरण र जनभावना विपरीतका कदम चालेकाले सरकारमा बस्न नमिलेको बताएका छन्। 

माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ। अविश्वासको प्रस्तावसँगै कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको छ।

वैशाख ६, २०७८ सोमबार १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।