त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखला : नेपालले पायाे ११० रनको लक्ष्य 

त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखला : नेपालले पायाे ११० रनको लक्ष्य 
फाइल तस्बिर।

काठमाडौं : त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखलामा मलेसियाले नेपाललाई १ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङ गर्न आएको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा समेटिएपछि नेपालले जितका लागि १ सय १० रनकाे लक्ष्य पाएकाे हाे।  

उसका लागि शेयद ऐजाजले सर्वाधिक २७ रन जोड्दा सार्भिन मुनिएन्डीले २० र साफिक सरिफले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्। 

बलिङमा नेपालका करन केसीले ३ विकेट लिए। यस्तै, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, साहब आलम, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १ खेलाडीलाई पेवेलियन फर्काए। 

नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्ने छ। 

जारी प्रतियोगितामा नेपाल र मलेसियाले आ–आफ्नो दोस्रो खेल खेलिरहेका छन्। यसअघि आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो भने मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो। 

वैशाख ६, २०७८ सोमबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।