नेप्से १५ मिनेटमै २४ अङ्कले घट्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको सुरु १५ मिनेटमा सेयर बजार २४ अङ्कले घटेको छ।
नेप्सेको कारोबारमा आएका १६० कम्पनीका सेयर मूल्य घटेको छ। सेयर बजार राताम्य भएको छ। ४ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १४ करोड १० लाख ६ हजार रुपैयाँको कारोबार भएको छ।
नेप्सेमा हिजो २०७ कम्पनीका सेयर किनबेच हुँदा ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँको कारोबार भएको थियो। कारोबार रकम धेरै भए पनि सेयर बजार नेप्से भने ३५.८९ अङ्कले घटेको थियो।
वैशाख ६, २०७८ सोमबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।