सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ

काठमाडौँ : सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ पुगेको छ।
हिजोको भाउमा ३ सय रुपैयाँ बढेर सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको भाउ ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको भाउ १३ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
वैशाख ६, २०७८ सोमबार ११:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।