तोलामा दुई सय रूपैयाँ बढ्यो सुनको भाउ

तोलामा दुई सय रूपैयाँ बढ्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रूपैयाँ कायम भएको छ। गत शुक्रबार यसको मूल्य तोलाको ९० हजार ५ सय रूपैयाँ तोकिएको थियो। 

यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेर प्रतितोला ९० हजार २ सय रूपैयाँ निर्धारण गरिएको छ। गत शुक्रबार यसको मूल्य तोलामा ९० हजार रूपैयाँ कायम थियो। 

यसैगरी, चाँदीको भाउ प्रतितोला १० रूपैयाँ बढेर १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। गत शुक्रबार १ हजार २ सय ९० रूपैयाँमा कारोबार भएको थियो। 

वैशाख ५, २०७८ आइतबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।