विद्यालय बन्द गरेर मात्रै कोरोना संक्रमण कम हुँदैन : प्याब्सन/एनप्याब्सन

‘आज स्वास्थ्य मन्त्रालयले एउटा कुरा गर्ला, भोलि पर्यटनले अर्को कुरा गर्ला मन्त्रालय पिच्छेका निर्णय मान्न सकिन्न,’सापकोटाले भने,‘शिक्षा मन्त्रालयले जे भन्छ त्यो हामीले मान्ने हो।’
प्याब्सनका महासचिव कुमार घिमिरे पनि कक्षा ८ देखि माथिका विद्यार्थी विद्यालय नआउँदैमा कोरोना संक्रमण कम नहुने बताउँछन्। ‘कक्षा ८ देखि माथिका विद्यार्थी फुटसल, सार्वजनिक यातायात चढ्ने, स्विमिङ पुल जान हुने तर, विद्यालय आउँदैमा कोरोना सर्ने भन्ने हुँदैन होला,’ घिमिरेले भने ‘विद्यालय बन्द मात्रै समस्या समाधानको उपाय हैन।’
एनप्याब्सनका अध्यक्ष सापकोटा विद्यालयले विद्यार्थीको स्वास्थ्य माथि खेलबाड नगर्ने बताउँछन्। उनी पछिल्लो समय स्वास्थ्य मापदण्ड कडाइमा विद्यालयबाट कमजोरी भएको स्विकार्छन्। ‘सुरुमा विद्यायलहरुले कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गरेकै हुन्,’सापकोटाले भने ‘बिचमा स्वास्थ्य मापदण्डमा ध्यान नदिएकै हो। गल्तीलाई समीक्षा गर्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्छ।’
काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमण देखिएका क्षेत्रमा विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिसकेको छ। प्याब्सन र एनप्याब्सन संघीय सरकारले सबै विद्यालय बन्द गरेर गत वर्षको जस्तो गल्ती दोहोर्याउन नहुने बताउँछन् । ‘कोरोना नफैलिएको क्षेत्रमा समेत पोहोर विद्यालय बन्द गरियो। यसबाट सिकाइमा ठुलो असर प¥यो। त्यस कारण यसपालि कोरोना फैलिएको क्षेत्रमा मात्रै विद्यालय बन्द गरौँ।’ प्याब्सन र एन प्याब्सनको भनाइ छ।
स्थानीय तहलाई कोरोना संक्रमणको वृद्धिदरलाई ख्याल राखेर विद्यालय बन्द गर्ने कि खुल्ला गर्ने निर्णय गर्न दिनु पर्ने प्याब्सनका महासचिव कुमार घिमिरेको भनाइ छ। ‘हामीले जबरजस्ती गर्ने कुरै आउन्न। ७ सय ५३ वटा स्थानीय तह छन् तिनै स्थानीय तहलाई अधिकार दिए भइहाल्यो,’ उनले भने, ‘सिकाइलाई नै प्रभाव पार्ने गरेर पोहोरको जस्तो गल्ती नगरौँ भनेको मात्रै हौँ। विद्यार्थीको स्वास्थ्यमा हामी गम्भीर छौँ।’
वैशाख ३, २०७८ शुक्रबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।