दिल्लीविरुद्ध टस जितेर फिल्डिङ गर्दै राजस्थान

तस्बिर : आइपिएलटिट्वान्टीडटकम।
मुम्बईको वाङखडे रंगशालामा आज राति ८ बजे सुरु हुन लागेको खेलमा राजस्थानले टस जितेर फिल्डिङ (क्षेत्र रक्षण) गर्ने निर्णय गरेको छ।
जारी सिजनमा दुवै टोलीले १–१ खेल खेलिसकेका छन्, जसमा दिल्लीले जित हात पार्दा राजस्थानले पराजय भोगेको छ।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराउँदा राजस्थान पञ्जाब किंग्ससँग ४ रनले पराजित भएको थियो।
क्रिकइन्फोडटकम
वैशाख २, २०७८ बिहीबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।