गण्डकी प्रदेश : विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन माग 

गण्डकी प्रदेश : विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन माग 

काठमाडौं : प्रदेश प्रमुख अमिक शेरचनले संसद् अधिवेशन अन्त्य गरेपछि गण्डकी प्रदेशसभाका विपक्षी दलले विशेष अधिवेशन बोलाउन माग गरेका छन्। 

प्रदेश प्रमुख शेरचनले अकस्मात अधिवेशन अन्त्य गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आज (बिहीबार) विशेष अधिवेशन आह्वानको माग गरेका हुन्। ती दलले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने निर्णय गरेका छन्। 

प्रदेश प्रमुख शेरचनले बुधबार मध्यराति संसद् अधिवेशन अन्त्य गर्ने घोषणा गरेका थिए। 

६० सिट रहेको प्रदेशसभामा नेकपा एमालेका २९, कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका ३ र जसपाका २ सांसद् छन्। 

वैशाख २, २०७८ बिहीबार १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।