एएफसी कप फुटबल : दोस्रो चरणमै रोकियो आर्मी

काठमाडौं : त्रिभुवन आर्मी क्लब एएफसी कप फुटबल–२०२१ को दोस्रो चरणमै रोकिएको छ।
भारतकाे गोवास्थित जिएमसी रंगशालामा आज (बुधबार) राति सम्पन्न खेलमा भारतको बैंगलुरु फुटबल क्लबसँग ०–५ गोलअन्तरले पराजित भएसँगै आर्मीको फाइनल यात्रामा पूर्णविराम लागेको हो।
बैंगलुरुका लागि राहुल भेके र सेलिटन सिल्भाले समान २ तथा सुनिल क्षेत्रीले १ गोल गरे।
यसअघि पहिलो चरणको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराउँदै आर्मी दोस्रो चरणमा पुगेको थियो। उक्त खेलमा आर्मीले श्रीलंका पुलिसलाई ५–१ ले हराएको थियो।
एएफसी क्लब लाइसेन्स भएपछि आर्मीले प्रतियोगिता खेलेको थियाे। सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लबसँग एएफसी क्लब लाइसेन्स नहुँदा लिग उपविजेता बनेको आर्मीले प्रतियोगिता खेल्ने अवसर पाएको थियो।
वैशाख १, २०७८ बुधबार २१:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।