हैदरावादविरुद्ध टस हारेर ब्याटिङ गर्दै बैंगलोर 

हैदरावादविरुद्ध टस हारेर ब्याटिङ गर्दै बैंगलोर 
तस्बिर : आइपिएलटिट्वान्टीडटकम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद भिड्दै छन्। 

चेन्नईको एमए चिदम्बरम रंगशालामा आज (बुधबार) जारी खेलमा बैंगलोरले टस हारेर ब्याटिङको निम्तो पाएको छ। 

खेलको सातौं ओभर सकिँदा बैंगलोरले २ विकेट गुमाएर ४८ रन जोडेको छ। विराट कोहली २० रनमा खेलिरहँदा ग्लेन म्याक्सवेलले रन बनाउन सकेका छैनन्।

त्यसअघि बैंगलोरले आफ्नो पहिलो विकेटका रूपमा देवदत्त पाडिक्कल (११)लाई १९ रनमा गुमाएको थियो। उनी भुवनेश्वर कुमारको बलमा नदीमद्वारा क्याच आउट भएका थिए। 

यस्तै, बैंगलोरले ४७ रनमा साहवाज अहमद (१४)लाई दोस्रो विकेटका रूपमा गुमाएको थियो। उनी नदीमको बलमा रासिद खानद्वारा क्याच आउट भएका थिए। 

यी दुवै टोलीले जारी सिजनमा १–१ खेल खेलिसकेका छन्। 

बैंगलोरले आफ्नो पहिलो खेलमा विजय भएको छ भने हैदरावाद आफ्नो पहिलो खेलमा पराजित भएको छ।

क्रिकइन्फोडटकम

वैशाख १, २०७८ बुधबार २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।