बैंगलुरुसँग प्रतिस्पर्धा गर्दै आर्मी

काठमाडौं : एएफसी कप–२०२१ प्लेअफको दोस्रो चरणमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज (बुधबार) घरेलु टोली भारतको बैंगलुरु फुटबल क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ।
गोवास्थित जिएमसी रंगशालामा जारी खेलको छैटौं मिनेटसम्म पनि दुवै टोलीले गोल गर्न सकेका छैनन्।
यसअघि पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराउँदै आर्मी दोस्रो चरणमा पुगेको हो। उक्त खेलमा आर्मीले श्रीलंका पुलिसलाई ५–१ ले हराएको थियो।
बैंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्लेअफको फाइनल खेल खेल्ने छ।
वैशाख १, २०७८ बुधबार १९:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।