मुम्बईद्वारा कोलकातासामु १५३ रनको लक्ष्य प्रस्तुत

मुम्बईद्वारा कोलकातासामु १५३ रनको लक्ष्य प्रस्तुत
तस्बिर : आइपिएलटिट्वान्टीडटकम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मुम्बईको वाङखडे रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन मात्रै बनाउन सक्यो। 

उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ५६ रन बनाए। यस्तै, कप्तान रोहित शर्माले ४३ रन बनाउँदा कुर्णाल पाण्ड्या र हार्दिक पाण्ड्याले समान १५ रन जोडे।अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्। 

बलिङमा कोलकाताका आन्द्रे रसलले सर्वाधिक ५ विकेट लिए। यस्तै, प्याट कमिन्सले २ तथा सकिब अल हसन, वरुण चक्रवर्ती र प्रसिद कृष्णाले समान १ विकेट चट्काए। 

राजस्थानले जवाफी ब्याटिङ थाल्ने छ। 

क्रिकइन्फोडटकम

 

चैत ३१, २०७७ मंगलबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।