राजस्थानमाथि पञ्जाबको जित

मुम्बईको वाङखडे रंगशालामा सोमबार अबेर राति सम्पन्न खेलमा पञ्जाबले ४ विकेटको जित निकालेको हो।
२ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन सक्यो। राजस्थानका लागि कप्तान सञ्जु सैमसनले आक्रामकरूपमा १ सय १९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ६३ बल खेलेका उनले आफ्नो पारीमा १२ चौका र ७ छक्का प्रहार गरे।
यस्तै, रियान पराग र जस बटलरले समान २५ रन बनाउँदा शिवम दुबेले २३ रनको योगदान दिए। यस्तै, मनन बोहराले १२ रन जोडे।
बलिङमा अर्शदीप सिंहले ३, मोहम्मद सामीले २ तथा झे रिचार्डसन र रिले मेरेदिथले समान १ विकेट लिए। मो
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनायो।
उसका लागि कप्तान केएल राहुलले सर्वाधिक ९१ रनको पारी खेलेका थिए। ५० बल खेलेका उनले आफ्नो पारीमा ७ चौका र ५ चौका प्रहार गरेका थिए।
यस्तै, दीपक होडाले ६४ रन बनाउँदा क्रिस गेलले ४० रनको योगदान दिएका थिए। यसैगरी, मयंक अग्रवालले १४ रन जोड्दा दुई खेलाडी शून्य रनमै पेवेलियन फर्किएका थिए। शाहरुख खान ६ रनमा अविजित रहेका थिए।
बलिङमा चेतन सकारियाले सर्वाधिक ३ विकेट लिएका थिए। ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिएका थिए। यस्तै, क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिएका थिए।
राजस्थानका तर्फबाट ८ जनाले बलिङ गरेका थिए।
क्रिकइन्फोडटकम
चैत ३१, २०७७ मंगलबार ००:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।