कर्णाली प्रदेश : एमाले प्रवेश गरेका सांसद् रेग्मीको पद गुम्याे

कर्णाली प्रदेश : एमाले प्रवेश गरेका सांसद् रेग्मीको पद गुम्याे

कर्णाली प्रदेशसभा सचिवालयले सोमबार सूचना टाँस गरी रेग्मीको सांसद पद नरहेको जानकारी सदनलाई गराएको छ। 

पार्टी छाडेर एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको बैठकले रेग्मीलाई कारवाही गर्ने निर्णय गरेको थियो। त्यसपछि माओवादी केन्द्रले रेग्मीले दल त्याग गरेको जानकारी प्रदेशसभालाई गराएको थियो। 

सोही आधारमा सोमबार सचिवालयले पनि राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकृत गर्न बनेको ऐन, २०७४ को दफा ३५ (२) बमोजिम सदनलाई जानकारी गराएको हो।

ऐनको दफा ३५१ मा संसदीय दलले कुनै सांसद्ले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले १५ दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिनुपर्ने व्यवस्था छ।

माओवादी केन्द्रको तर्फबाट दैलेख– १ (क)बाट सांसद्मा निर्वाचित रेग्मी साविकको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) रहँदै ओली समूहमा लागेका थिए। 
सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि पनि उनी एमालेको ओली समूहमै छन्। 

उनलाई ओली समूहले एमालेको केन्द्रीय सदस्य र कर्णाली प्रदेश कमिटीको सचिवमा मनोनित गरिसकेको छ। 

चैत ३०, २०७७ सोमबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।