साविक विजेता मुम्बई बैंगलोरसँग पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा साविक विजेता मुम्बई इण्डियन्स रोयल च्यालेन्जर्स बैंगलोरसँग पराजित भएको छ।
चेन्नईमा आज (शुक्रबार) राति सम्पन्न को १४ औं संस्करणको उद्घाटन खेलमा मुम्बई बैंगलोरसँग २ विकेटले पराजित भयो।
१६० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको बैंगलोरले ८ विकेट गुमाएर अन्तिम बलमा लक्ष्य पूरा गर्याे। उसका लागि एबी डिभिलियर्सले सर्वाधिक ४८ रन बनाए। यस्तै ग्लेन म्याक्सवेलले ३९ रन जोड्दा कप्तान विराट कोहलीले ३३ रनको योगदान दिए। प्रारम्भिक ब्याट्सम्यान वासिंटन सुन्दरले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।
बलिङतर्फ जसप्रित बुमराह र म्याक्रो जेन्सेनले समान २ विकेट लिँदा कुर्णाल पाण्ड्या र ट्रेन्ट बोल्टले १ १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो। उसका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाए। यस्तै, सूर्यकुमार यादवले ३१ रन बनाउँदा इसान किसनले २८ रन जोडे।
बलिङतर्फ बैंगलोरका हर्षल पटेलले सर्वाधिक ५ विकेट लिए। यस्तै, केएल जेमिन्सन र वासिंटन सुन्दर समान १ आफ्नो नाममा लेखाए।
मुम्बईले युएईमा सम्पन्न १३ औं संस्करणको आइपिएल उपाधि जितेको थियो।
चैत २७, २०७७ शुक्रबार २३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।