आइपिएलको १४ औं संस्करण आज सुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र बैंगलाेर भिड्ने

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)को १४ औं संस्करण आजबाट सुरु हुने भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलाेर प्रतिष्पर्धा गर्दै छन्। उक्त खेल भारतको चेन्नईमा साँझ साढे ७ बजे सुरु हुने छ।
मुम्बईले अहिलेसम्म पाँच पटक आइपिएलको उपाधि जितिसकेको छ। उसले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो।
बैंगलाेरले भने अहिलेसम्म एक पटक पनि उपाधि जित्न सकेको छैन। यद्यपि, उसले सन् २००९, २०११ र २०१६ मा फाइनल भने खेलेको थियो।
प्रतियोगितामा यी दुई टोलीसँगै दिल्ली क्यापिटल, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स र
राजस्थान रोयल्स सहभागी छन्। प्रतियोगिताको फाइनल खेल मे ३० मा हुने छ।
चैत २७, २०७७ शुक्रबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।